पब्लिक सूचना
रोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको छनोटको प्लेअफ राउन्डको एक खेलमा नतिजाको टुंगो लगाउन पेनाल्टी सुटआउटमा ३४ पेनाल्टी प्रहार भएको छ।
बिहीबार ३४ पेनाल्टी प्रहार भएको खेलमा डच क्लब अयाक्सले ग्रिसको पानाथिनाइकोसलाई पेनाल्टी सुटआउटमा १३-१२ ले हराएको छ। खेलमा २५ प्रहार सफल हुँदा नौं प्रहार विफल भएका थिए।
अयाक्सका ४० वर्षीय गोलकिपर रेम्को पासवीरले पाँच पेनाल्टी विफल पार्दा र एक गोल गरेका थिए। यस्तै डिफेन्डर एन्टोन गइले अयाक्सका लागि विजयी गोल गरे।
नेदरल्यान्ड्सका स्ट्राइकर ब्रायन ब्रोबेले दुई पटक पेनाल्टीमा गोल गर्न सकेनन्। यस्तै बर्ट्रान्ड ट्राओरे र युरी बासको पेनाल्टीले पनि सहि दिशा लिन सकेको थिएन। यसरी चार पेनाल्टी गुमाए पनि अयाक्सका गोलकिपरले विपक्षीका पाँच पेनाल्टी रोक्दै आफ्नो टोलीलाई जित दिलाए।
खेलको पेनाल्टी सुटआउट २५ मिनेटसम्म चलेको थियो। जसलाई अयाक्सका प्रशिक्षक फ्रान्सेस्को फारियोलीले ‘अविश्वसनीय’ भएको बताए।
‘आज राति टोलीको भावना र समर्पण अद्भुत थियो,’ उनले जिग्गो स्पोर्टसँग कुरा गर्दै भने।
यो युरोपेली प्रतियोगितामा दोस्रो ठूलो पेनाल्टी सुटआउट स्कोर हो। गत सिजन कन्फरेन्स लिग छनोटमा जिरा युनाइटेडले ग्लेन्टोरनलाई १४-१३ ले हराएको थियो।
बिहीबार नेदरल्यान्ड्सको आम्स्टर्डममा भएको खेलमा ग्रिक क्लबले १-० गोल अग्रता लिएको थियो। अघिल्लो लिगमा अयाक्स सोहि स्कोरमा विजयी भएपछि खेल बराबरी हुँदा अतिरिक्त समयमा धकेलिएको थियो। जहाँ दुवै गोलले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend