logo
  • आइतबार, असोज १८ २०८३

स्पेनिस ला लिगा सुरु : दुवै खेल बराबर


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ३२ २०८१

काठमाडौँ, साउन ३२ गते । स्पेनिस ला लिगाको नयाँ सिजन २०२४/०२५ सुरु भएको छ । बिहीबार राति भएको उद्घाटन सत्रका दुवै खेल बराबरीमा सकिएको छ ।

पहिलो खेलमा एथ्लेटिक क्लब र गेटाफे १–१ गोलको बराबरीमा रोकियो । यस्तै अर्को खेलमा रियाल बेटिस र जिरोनाले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिकले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । एथ्लेटिकका ओइहान सन्सेटले २७औँ मिनेटमा गोल गर्नुभयो । त्यसपछि ६४औं मिनेटमा पाहुना टोली गेटाफेका क्रिष्टान्टस उचेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

अर्को खेलमा रियल बेटिसले मार्क बाट्राको गोलका छैटौँ मिनेटमै खाता खोलेको थियो । त्यसपछि जिरोनाले ७२औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । जिरोनाका गाब्रियल मिसओउले गोल गर्दै खेल बराबरीमा सक्नुभएको हो । एजेन्सी 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend