logo
  • आइतबार, असोज १८ २०८३

मर्मतपछि पूर्वपश्चिम राजमार्गनवलपुरको दाउन्ने खण्ड सञ्चालनमा


  • पब्लिक सूचना
  • मंगलबार, साउन २९ २०८१

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको छ।

सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि मर्मतपछि आवतजावतका लागि सडक खुला गरिएको हो।

नवलपुरको दाउन्नेमा गए राति सडक भासिएको थियो।

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुन सक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो।

अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको बताइएको छ। सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध हुनुका साथै आम नागरिकहरुको दिनचर्यासमेत अस्तव्यस्त भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend