logo
  • शनिबार, असोज १७ २०८३

भारतीय क्रिकेट बोर्डको निम्तोमा नेपाली टोली बेंग्लोरतर्फ


  • Ashish Lamichhane
  • मंगलबार, साउन २९ २०८१

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को औपचारिक निमन्त्रणामा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको बेंग्लोरतर्फ प्रस्थान गरेको छ।

नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको दुई वटा सिरिजको तयारी भारतमा गर्न लागेको हो।

प्रारम्भिक टोलीमा रहेका खेलाडी भारत गएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताए।

क्यानडामा रहेका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भारतको अभ्यास शत्रमा सहभागी नहुने लामाले बताए। तीनै जनाले क्यानडामै अभ्यास गर्नेछन्।

यस्तै भारतमा रहेका देव खनाल र गुल्सन झा उतैबाट नेपाली टोलीमा मिसिनेछन्। यस्तै प्रशिक्षक मोन्टी देसाइ पनि हाल भारतमा छन्। उनी पनि त्यतैबाट बेंग्लोर पुग्नेछन्।

नेपाली टोलीले भारतमा दुई साता अभ्यास गर्नेछ। त्यसपछि नेपाल फर्कने वा उतैबाट क्यानडा जाने विषयमा छलफल भइरहेको प्रवक्ता लामाले बताए।

May be an image of 7 people and text

यसअघि नेपाली टोलीले अनौपचारिक रुपमा बिसिसिआईअन्तर्गत अभ्यास गरे पनि पहिलोपटक औपचारिक निमन्त्रणमा प्रशिक्षण गर्न लागेको प्रवक्ता लामाको भनाइ छ। नेपाली टोलीले बेंग्लोरमा बिसिसिआईकै राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ। यो प्रशिक्षणको खर्च भने क्यान आफैले ब्यहोर्नेछ।

आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा २२ खेलाडी छन्।

नेपालले लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।

क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ‌ओमानबीच प्रतिस्पर्धा हुनेछ।

सेप्टेम्बरमा क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

बन्द प्रशिक्षणमा परेका खेलाडी
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, करण केसी, गुल्शनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दिपेन्द्रसिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा।

May be an image of 12 people, people playing soccer and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend