logo
  • आइतबार, असोज १८ २०८३

काभा वुमन्स भलिबलको उपाधिका लागि भारतसँग खेल्दै नेपाल


  • पब्लिक सूचना
  • बुधबार, साउन २३ २०८१

काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा बुधबार साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ।

बुधबार सेमिफाइनलमा इरानलाई हराएर नेपाल फाइनल प्रवेश गरेको थियो। भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो।

यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो।

सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend