पब्लिक सूचना
पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको अन्तिम आठमा भिड्ने टोलीको टुंगो लागेको छ।
न्युजिल्यान्डलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको आयोजक फ्रान्सले समूह ‘बी’ को उपविजेता अर्जेन्टिनासँग खेल्ने भएको छ। खेल २ अगस्टको राति हुनेछ।
विवादास्पद बनेको पहिलो खेलमा मोरक्कोसँग २-१ ले पराजित भए पनि अर्जेन्टिनाले त्यसपछि युक्रेन र इराकलाई हराएको थियो।
समूह ‘बी’ को विजेता मोरक्कोले समूह ‘ए’ को उपविजेता अमेरिकासँग खेल्नेछ।
यस्तै इजिप्ट र पाराग्वे तथा जापान र स्पेन बाँकी क्वार्टरफाइनलमा भिड्नेछन्। इजिप्ट समूह ‘सी’ को विजेता र पाराग्वे समूह ‘डी’ को उपविजेता बने। यस्तै समूह ‘सी’ को उपविजेता स्पेन र समूह ‘डी’ को विजेता जापान भिड्न लागेका हुन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend