logo
  • आइतबार, असोज १८ २०८३

‘जेरीः अन टप’ को सुटिङ लोकेसन हेर्न भारतको लद्दाख पुगे अनमोल


  • पब्लिक सूचना
  • मंगलबार, साउन १५ २०८१

अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङको शीर्ष अभिनयमा फिल्म ‘जेरीः अन टप’ निर्माण हुँदैछ।

छिट्टै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको लोकेसन हन्टिङका लागि निर्माण टिम भारतको लद्दाख पुगेको छ।

अभिनेता अनमोलसहित निर्देशक सुयोग गुरूङ र निर्माता सरोज न्यौपाने त्यहाँ पुगेका हुन्।

निर्देशक गुरूङ र निर्माता न्यौपानेले लद्दाखका रमणीय दृश्यसहितका तस्बिरहरू आफ्नो फेसबुकमा सेयर गरेका छन्। तस्बिरमा उनीहरू बाइकमा देखिएका छन्।

फिल्मको त्यहाँ छायांकन हुने–नहुनेबारे भने केही खुलाएका छैनन्।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको ‘जेरीः अन टप’ लाई हेमराज बिसीले लेखेका हुन्।

यसको निर्मातामा सरोज न्यौपाने र दीपक भण्डारी छन्।

फिल्ममा अनमोल र आँचलले पहिलोपटक सहकार्य गर्दैछन्। भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेदेखि फिल्मलाई प्रदर्शनमा ल्याइने घोषणा भइसकेको छ।

Anmol_suyog-1722242897.jpg
jeery-un-top-1722242897.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend