logo
  • शनिबार, असोज १७ २०८३

बाढीले लघुजलविद्युत आयोजनामा क्षति, गोरखाको चुम्चेतमा विद्युत अवरुद्ध


  • पब्लिक सूचना
  • सोमबार, साउन १४ २०८१

१४ साउन, गोरखा । बर्षाका कारण उत्तरी गोरखाको चुमनुब्री  गाउँपालिका–६ चुम्लिङस्थित चुम्लिङ चुम्चेत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ ।

७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिबार रातिको बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष सरोज लामाले बताए । ‘चमारी हिमालबाट झरेको खोलामा बाढी आएर ड्याम नै बगायो’, उनले भने, ‘जमिन सहित कुलो र पाइपहरु पनि सबै बगाएको छ ।’

सो क्षेत्रमा अहिले विद्युत सेवा अवरुद्ध भएको र चुम्चेतको लोक्पा गाउँबाहेक वडाका सबै गाउँ अहिले अन्धकार बनेको लामाले बताए ।

२०७९ सालमा कादुरी नामक संस्थाले उक्त आयोजना निर्माण गरेको थियो । आयोजनाबाट वडा नम्बर ६ का करिव २५० घरधुरीले बिजुली बाल्दै आएका थिए ।

कादुरीमार्फत नै मर्मत गर्नुपर्ने भएकाले केही समय लाग्ने वडाध्यक्ष लामाले बताए । ‘गाउँपालिकाको विपदको रकमबाट तत्काल केही मर्मत गर्न सकिन्छ कि भनेर प्राविधिक टोली हेर्न पनि गएको थियो, तर बनाउन सक्ने सम्भव नै देखिएन, अब कादुरीबाट मान्छेहरु आएपछि मात्र मर्मतको काम सुरु हुन्छ’, उनले भने । विद्युत सेवा अवरुद्ध हुँदा विभिन्न समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend