logo
  • शनिबार, असोज १७ २०८३

स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई गायक प्रकाश सपुतले दिए माफी


  • पब्लिक सूचना
  • बुधबार, असार १३ २०८०

काठमाडौँ, असार १३ गते  । स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई गायक प्रकाश सपुतले माफी दिनुभएको छ । उहाँको भविष्य नबिग्रियोस भनेर प्रकाशले सुमनलाई माफी दिएको जनाउनुभएको छ ।

सुमनले गायक प्रकाशसँग माफी माग्दै गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उहाँले प्रकाशसँग माफी माग्नुभएको छ । प्रकाशले आफूलाई ठुलो चोट नलागे पनि आफ्नो साङ्गीतिक भविष्यकै यो पहिलो घटना भएको बताउनुभएको छ । स्टेजमा गीत गाइरहेका बेला बियरको बोतल हान्नेबित्तिकै प्रहरी र सुरक्षागार्डले सुमनलाई नियन्त्रणमा लिएको थियो । रोमानियामा आइतबार राति भएको याद म्युजिक फेस्टिभलमा राति ९ बजे प्रकाशमाथि तेह्रथुमका सुमनले बियरको बोतल प्रहार गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend