logo
  • शनिबार, असोज १७ २०८३

अफगानिस्तानले न्यूजील्याण्डसँग एक टेस्ट क्रिकेट खेल्ने


  • पब्लिक सूचना
  • आइतबार, साउन १३ २०८१

अफगानिस्तानले न्यूजील्याण्डसँग टेस्ट क्रिकेट खेल्ने भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर ९ देखि १३ सम्म न्यूजील्याण्डविरुद्ध एक टेस्ट खेल खेल्ने जानकारी दिएको छ ।यो खेल भारतको ग्रेटर नोयडा स्पोर्ट्स कम्प्लेक्स ग्राउण्डमा हुने बोर्डले जानकारी दिएको छ ।

२०१७ को जुनमा अफगानिस्तानले टेस्ट मान्यता पाएको थियो भने पहिलो खेल २०१८को जुनमा भारतविरुद्ध पहिलो टेस्ट खेलेको थियो ।

अहिलेसम्म अफगानिस्तानले ९ टेस्ट खेलेको छ भने ३ टेस्ट जितेको छ । अफगानिस्तानले अहिलेसम्म बङ्गलादेश, आयरल्याण्ड र जिम्बाबेलाई पराजित गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend