पब्लिक सूचना
आईटी ट्रेनिङमा अग्रणी संस्था ब्रोडवे इन्फोसिस १७औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । नेपालमा दक्ष आईटी जनशक्ति विकास गर्ने उद्देश्यसहित सन् २००८ मा ब्रोडवे इन्फोसिस सुरू भएको थियो ।
तीनकुनेमा मुख्य कार्यालयको ररहेको ब्रोडवेले आफ्नो सेवा विदेशसम्म पनि विस्तार गरेको छ । अमेरिकामा पनि ब्रोडेवे पुगेको छ । धेरै आरोह अवरोध पार गर्दै १८ औं वर्षमा प्रवेश गरेको ब्रोडवे इन्फोसिसका संस्थापक तथा सीईओ राजु अधिकारीले बताए ।
‘तत्कालीन समयमा नेपालमा एकेडेमीया र इन्डष्ट्रीबीच ठूलो खाँडल थियो,’ उनले आईसीटी समाचारसँग भने, ‘त्यही खाडँललाई कम गर्न ब्रोडवे सुरू गरेका हौं ।’ सुरूमा राजुले मात्रै ब्रोडेवे सञ्चालन गरिरहेका थिए तर पछि उनको परिवार नै ब्रोडवेमा जोडियो । ब्रोडवे सफल हुनुमा परिवारको पनि ठूलो योगदान छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend