logo
  • शनिबार, असोज १७ २०८३

एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक


  • पब्लिक सूचना
  • बुधबार, असार १३ २०८०

काठमाडौं, असार १२ गते । अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले भारतका आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट–२०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।

आइसिसीले मंगलबार भारतमा आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुने विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । ४६ दिन सम्म चल्ने विश्वकपका खेलहरू भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुणे, बंगलोर, मुम्बई र कोलकातामा हुनेछन् ।

May be an image of football, soccer, poster and text that says 'FIXTURES CRICKET MENSD CUP INDIA 2023 5OCTOBER 19 NOVEMBER 2023 QUALIFIER 1 6OCTOBER 2023, PAKTAN 9 OCTOBER 2023, HYDERABAD v NEW ZEALAND Cricket World Cup 17 OCTOBER 2023, DHARAMSAL A SOUTH AFRICA OCTOBER 2023, LUCKNOW QUALIFIER 2 25 OCTOBER 2023, DELHI V AUSTRALIA OCTOBER 2023 KOL V BANGLADESH Aotvwalan 3NOVEMBER 2023, LUCKNOW AFGHANISTAN NOVEMBER 2023, PUNE ENGLAND NOVEMBER 2023, BENGALURU INDIA 1'

May be an image of football, soccer, poster and text that says 'FIXTURES CR MEN'S CRICKET WORLD CUP INDIA2023 2023 5OCTOBER 19 NOVEMBER 2023 70C TOBER 2023, DELHI SOUTH AFRICA QUALIFIER 2 12 TOBER 2023, HYDERABAD PAKISTAN CricketWorldCup World Cup OCTOBER2023, AUSTRALIA OCTOBER 2023, LUCKNOW QUALIFIER 1 26 OC OBER 2023, BENGALURU v ENGLAND 30 OCTOBER 2023, PUNE V AFGHANISTAN 2NOVEMBER 2023, MUMBAI INDIA NOVEMBER 2023, DELHI BANGLADESH 9 MBE 2023, BENGALURU NEW ZEALAND'

विश्वकपको उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अहमदाबादमा खेलिनेछ । १० टोली सहभागी विश्वकपमा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

विश्वकपको सबैभन्दा बढी चर्चामा रहने भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ । लिग चरणको खेलपछि पहिलो सेमिफाइनल नोभेम्बर १५ र दोस्रो सेमिफाइनल नोभेम्बर १६ मा हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादमा हुनेछ ।

वर्षा वा अन्य कुनै कारण फाइनल हुन नसकेमा एक दिन ‘रिजर्भ डे’ राखिएको छ । नेपाल भने आइसिसी एक दिवसीय विश्वकप छनोटको सुपर सिक्स प्रवेशबाटै बाहिरिएको छ । एजेन्सी

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend