logo
  • आइतबार, असोज १८ २०८३

एमालेले टुंग्यायो मन्त्री


  • पब्लिक सूचना
  • सोमबार, असार ३२ २०८१

नेकपा (एमाले) ले मन्त्रीको नामावली टुंगो लगाएको छ। एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्।

उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने टुंगो लागेको छ।

सोलुखुम्बुका मानवीर राई रक्षा मन्त्री,  देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री टुंगो लागेको छ। विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि भन्ने टुंगो लागेको एक नेताले बताए।

एमालेले बलराम अधिकारी र दामोदर भण्डारीलाई दोहोर्‍याउने भएको छ। अधिकारी भूमि व्यवस्था र दामोदर भण्डारी उद्योग मन्त्री बन्ने टुंगो लागेको हो।

आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदैछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend