पब्लिक सूचना
आशिष लामिछाने। २०८१ असार ९ गते रौतहट मा जारी रौतहट जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा चिडियादह स्टार क्लबले दोस्रो जित दर्ता गर्दै ६ पोइन्ट हासिल गर्दै सेमिफाइनल नजिक पुगेको छ ।
आज भएको खेलमा चिडियादह स्टार क्लबले रोयल स्टार जन ज्योति भवानिपुर लाई २-० ले हराएको छ । चिडियादह स्टार क्लबको जितमा क्याप्टेन शुरेश पौडेल ले खेलको २८ औ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको ईन्जुरी समयमा बिज्ञान खड्का ले दोस्रो गोल गरेका थिए ।खेलको म्यान अफ दि म्याच क्याप्टेन शुरेश भएका थिए।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend