logo
  • आइतबार, असोज १८ २०८३

वैदेशिक रोजगार पिडीतलाई न्याय दिलाउन आईटी आर्मीले वैदेशिक रोजगार विभागलाई बुझायो ज्ञापन पत्र


  • पब्लिक सूचना
  • बिहिबार, असार ७ २०८१

आज पाचौं दिन आईटी आर्मीद्वारा वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना जारी, पिडितहरुलाई न्याय दिलाउने संकल्प

फ्री भिसा – फ्री टीकटको माग गर्दै आईटी आर्मीद्वारा वैदेशिक रोजगार विभाग घेराउ सहित बुझायो ज्ञापन पत्र

वैदेशिक रोजगारको ठगी विरुद्ध आईटी आर्मीद्धारा वैदेशिक रोजगार विभाग घेराउ सहित बुझायो ज्ञापन पत्र

वैदेशिक रोजगारका भ्रष्ट अधिकारी तथा ठग मेनपावर र ऐजेंटलाई कारवाईको माग गर्दै आईटी आर्मीले विभागलाई बुझायो ज्ञापन पत्र


वैदेशिक रोजगारमा गएका श्रमिकहरुसँग लिइएको अवैध रकम फिर्ता गर्नुपर्ने माग गर्दै वैदेशिक रोजगार विभागलाई बुझायो ज्ञापन पत्र

काठमाडौं ।
आईटी आर्मीले वैदेशिक रोजगार क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दै ज्ञापन पत्र बुझाएको छ ।

आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको नेतृत्वमा विभिन्न मागहरु गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना तथा घेराउ गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभागका महानिर्देशक डण्डुराज घिमिरे मार्फत नेपाल सरकारलाई पुनः स्मरण (तागेदा) सहितको ज्ञापन पत्र बुझाएको हो ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने, देशका भ्रष्ट शासक प्रशासक र लुटेरे दलाल व्यापारीहरुको अबैध पैसालाई कामदारको रगत पसीनाले साटिएको रेमिटेंसको रकमसँग हुण्डी मार्फत सट्टापट्टा गरी विदेशमा कालोधन थोपार्ने स्थितिको अन्त्य गर्नुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यस अघि वि.सं. २०८० साल भाद्र १३ गते आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र समेत बुझाएका थिएँ ।

अध्यक्ष साहले भने, ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं ।’

उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए ।

साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend