logo
  • आइतबार, असोज १८ २०८३

पेट्रोलियम ढुवानी चालकहरूसँग भयो सहमति


  • पब्लिक सूचना
  • सोमबार, असार ४ २०८१

नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति भएको छ।

सहमति भएसँगै आजैबाट पेट्रोल पम्पहरू खुल्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।

‘छलफल सकियो। दुई पक्षबीच सहमति भएको छ,’ उनले भने, ‘आजैबाट तेल पाइन्छ।’

शनिबारदेखि ट्यांकर चालकहरूले सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए।

उक्त आन्दोलनलाई लिएर सोमबार दुई पक्षबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend