logo
  • आइतबार, असोज १८ २०८३

चीनसँगको सीमास्तम्भ उच्च जोखिममा


  • पब्लिक सूचना
  • सोमबार, असार ४ २०८१

हुम्ला, असार ३ गते । नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमास्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । सीमा स्तम्भ निर्माण गरिएको स्थान भिरालो , पहिलो जाने र सो क्षेत्रमा रहेको चट्टानमा सीमास्तम्भ लेखिएको कारण पहिरोका उच्च जोखिम परेको हो ।

केही समय अगाडि अनुगमनमा जानुभएका प्रहरी निरीक्षक नरेन्द्र चन्दले  नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिका– ५ को हिल्साको किटको पहिरो जाने भिरालो जमिनको चट्टानमा लेखेर निर्माण गरिएको दुई देशको सिमाना छुट्टाउने सीमास्तम्भ नम्बर ७ ( १) पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । भिरालो पहिरो गएको जमिनमा रहेको चट्टानमै सीमास्तम्भको नम्बर लेखिएको कारण कुनै पनि बेला पहिरो तथा हिमपहिरो जाने जोखिममा रहेको उहाँले बताउनुभयो । उक्त स्तम्भ नेपालले हेर्ने सीमास्तम्भका रूपमा पर्छ । उहाँले बेलैमा यसको संरक्षण गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

दुई देशका सुरक्षाकर्मीको उपस्थितिमा सुरक्षित स्थानमा उक्त सीमास्तम्भ निर्माण गर्नु आवश्यक देखिएको उहाँले बताउनुभयो । उक्त सीमास्तम्भ २०६३ सालमा चट्टानमा लेख्ने कार्य गरिएको हो । त्यसअघि भने जमिनमै सीमास्तम्भ निर्माण गरिएको बताउँदै हिल्सामा स्थानीय कुंगा लामाले त्यति बेला पहिरोले सीमा बगाएका कारण चट्टानमा लेख्ने कार्य गरिएको बताउनुभयो । यसअघि सो चट्टानमा लेखिएकै अवस्थामा पहिरोले पुरिएको थियो । पछि सुरक्षाकर्मीहरूले सीमास्तम्भ पुरिएको स्थानको ढुङ्गाको पहिरो पन्छाएर सफा गर्नुपरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend