logo
  • आइतबार, असोज १८ २०८३

चितवनमा ‘अस्ट्रेलियन दुल्हा’ को सुटिङ सुरु


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ २८ २०८१

फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ। आइतबार पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको सुटिङ सुरु गरिएको छ।

२५ दिनको सेड्युल रहेको यस फिल्मको चितवनका विभिन्न रमणिय स्थानहरूमा सुटिङ भइरहेको छ। फिल्मलाई रवी कोइरालाले खिँचिरहेका छन्।

यो फिल्म रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको हो। नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा यस फिल्मले बोल्नेछ।

यस फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय छ।

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत रहेको छ। कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सह–निर्माता छन्।

फिल्ममा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ। फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend