logo
  • आइतबार, असोज १८ २०८३

वाणिज्य बैङ्कद्वारा एम्बुलेन्स प्रदान


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ २८ २०८१

काठमाडौँ, जेठ २८ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नेपाल प्रहरी अस्पताललाई दुई/दुई वटा एम्बुलेन्स र शववाहन प्रदान गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले एम्बुलेन्स र शववाहनको चाबी हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वारस व्यक्त गर्नुभयो ।

प्राप्त सवारीसाधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणसमेत लाभान्वित हुने उहाँले चर्चा गर्नुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले विगतमा बैङ्क र नेपाल प्रहरीबिच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने  विचार व्यक्त गर्नुभयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend