logo
  • आइतबार, असोज १८ २०८३

जलवायुजन्य विपद्का घटनामा उल्लेख्य वृद्धि हुने विज्ञको चेतावनी


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २२ २०८१

काठमाडौँ, जेठ २२ गते । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् ।

मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपदका घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुन्द्री आँधीलगायतका घटनाहरु बढीभन्दा बढी वृद्धि हुने उनीहरुले बताए ।

कार्यक्रममा बोल्नुहुँदै जलवायु विज्ञ एवम् प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरोलगायतका घटनाहरुमा वृद्धि हुने बताउनुभयो । उहाँले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठुलो असर पुग्ने बताउनुभयो । उहाँले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको जिकिर गर्नुभयो ।

निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक स्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरु बढी भएको बताउनुभयो । उहाँले बाढीका कारण प्राकृतिक सौन्दर्यमा पनि असर परेको जानकारी दिनुभयो । उहाँले बाढीका कारण बसाइसराइँको समस्या बढेको बताउनुभयो । बाढीले घरायसी काममा महिलाहरुको बोझ झनै थपिएको बताउनुभयो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend