पब्लिक सूचना
जितु नेपाल र नीति शाहको मुख्य अभिनय रहने फिल्म ‘ज्वाइँ साब’ को शुभसाइत गर्दै छायांकन सुरू गरिएको छ।
शुक्रबार बिहान मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पूजा गर्दै छायांकन थालिएको हो।
वसन्त निरौलाको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, दीपक आचार्य, निमा पाण्डे, शिवु पाण्डे लगायतको अभिनय रहनेछ।
निर्देशक निरौलाका अनुसार फिल्मलाई चित्लाङमा २० दिन खिचिनेछ। त्यसपछि सौराहा र इलाममा पनि फिल्म खिच्ने तयारी रहेको उनले बताए।
रेड आई फिल्मसको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मसको सहकार्यमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता राज कुमार पण्डित हुन्।
सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहेको फिल्मले सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्नेछ।
अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहने फिल्ममा श्याम तामाङको डीओपी रहनेछ।
फिल्मलाई यो वर्षको तिहारमा प्रदर्शनमा ल्याइने जनाइएको छ।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend