पब्लिक सूचना
युएईविरूद्ध फिफा विश्वकप छनोटको दोस्रो चरणको खेल नेपालले साउदी अरेबियामा खेल्ने भएको छ।
यो खेल घरेलु मैदानमा हुने भनिए पनि दशरथ रंगशालाको मापदण्ड नपुगेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले न्युट्रल भेन्यूमा खेल्न भनेको थियो।
रंगशालाको संरचना र सुरक्षामा प्रश्न गर्दै एएफसीले अर्कै देशमा आयोजना गर्न भनेको यो खेल अब साउदी अरेबियामा हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। खेल नेपाली समयअनुसार ९:४५ राति र स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ।
नेपाल र युएईबीच जेठ २४ गते खेल हुने तय भएको छ। समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेल गुमाइसकेको छ।
जेठ २४ मा युएईसँग खेलेपछि नेपालले अन्तिम खेल जेठ २९ मा यमनसँग कतारमा खेल्नेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend