logo
  • आइतबार, असोज १८ २०८३

सभामुखद्वारा विरोधको सूचना नआएको भन्दै राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता भएको घोषणा


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ ८ २०८१

८ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् । राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछानेलाई मर्यादापालकले रोष्ट्रमसम्म पुर्याएका थिए ।

उनले जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराए । प्रस्ताव पेस भएपछि सभामुख देवराज घिमिरेले विरोधका लागि समय दिएका थिए । वेलमा नाराबाजी गरिरहेका कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो विरोध रहेको बताए । तर, सभामुख घिमिरेले विरोधको सूचना प्राप्त नभएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४०/४० प्रतिशत हुनुपर्ने व्यवस्था ब्युँताउन उक्त विधेयक पेस गरिएको थियो । यो विधेयक फिर्ता लिन सरकारले संसद सचिवलयमा पत्र पठाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend