पब्लिक सूचना
काठमाडौं-शुक्रबारदेखि नेपाली बक्सअफिसमा दुई नयाँ सिनेमा रिलिज भएका छन्। नेपालीमा केकी अधिकारी निर्मित तथा अभिनित ‘बोक्सीको घर’ र बलिउड सिनेमा ‘रुस्लान’ रिलिज भएको हो।
केकीको सिनेमाले नेपाली समाजमा समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथा पेस गर्छ। हरर मिस्ट्री जनराअन्तर्गत राखिएको सिनेमामा केकीका अलावा सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा छन् ।
सुलक्षण भारती निर्देशित सिनेमाले नेपाली हलहरुमा उच्च शो पाएको छ। यस्तै,एक्सन जनरामा निर्माण भएको सिनेमामा आयुष शर्मा, सुश्री श्रेया मिश्रा, जगपत्ति बाबु र विद्या मालवाडेको प्रमुख भूमिका रहेको छ। सिनेमालाई करन ललित भुटानीले निर्देशन गरेका हुन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend