पब्लिक सूचना
(240310) -- BEIJING, March 10, 2024 (Xinhua) -- This photo provided by Regional Disaster Management Agency (BPBD) Padang Pariaman on March 8, 2024 shows rescuers transferring the body of a victim after flood and landslides hit Padang Pariaman Regency in West Sumatra, Indonesia. Three people were found dead and 10 others went missing amid floods and landslides striking Indonesia's West Sumatra province, a senior official of the local disaster management agency said on Friday. (BPBD Padang Pariaman/Handout via Xinhua)
जकार्ता । हालैका दिनमा पाकिस्तान र अफगानिस्तानदेखि कजाकस्तान र रुससम्म भारी वर्षा र बाढीका कारण लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ । पहिरोका कारण ३३ जनाको मृत्यु भइसकेको छ । दक्षिण–पश्चिम कंगोमा १५ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता छन् ।
यसैबीच इन्डोनेसियाको सुलावेसी टापुमा पहिरोमा पुरिएर डेढ दर्जन बढिकाेको मृत्यु भएको छ । उद्धार टोलीले १८ जनाको शव निकालेका छन् । उद्धारकर्मीहरूले मकाले गाउँको भग्नावशेषबाट १४ जनाको शव निकालेका थिए । दक्षिण मकालेमा चार जनाको शव निकालिएको छ । दुई जना अझै बेपत्ता भएको बताइएको छ ।
कङ्गोको इडियोफा शहर नजिकैको बन्दरगाहबाट केही टाढा पहिरो जाँदा पुरिएका सात जना उद्धारकर्मीहरूले जीवितै फेला परेका बताइएको छ । वर्षाका कारण कंगोमा बन्दरगाह नजिकको पहाडमा भुस्खलन भएको थियो । बाहिरबाट धेरै मानिस यहाँ घुम्न आएकाले अहिलेसम्म पनि बेपत्ताको यकिन संख्या बताउन अधिकारीहरुलाई गाह्रो भइरहेको छ ।
तान्जानियमा दुई साताको बाढीमा परी ५८ जनाको मृत्यु
पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गएको दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको छ । तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँका १ लाख २६ हजार ८३१ जना बाढीले प्रभावित भएको बताइएको छ । छिमेकी केन्यामा बाढीका कारण अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुवै देशका बाढीका कारण पूर्वाधारमा धेरै क्षति पुगेको छ ।
कजाकिस्तानमा १ लाख ८ हजार र रुसको कुर्गनमा १३ हजार विस्थापित
रुसको कुर्गन क्षेत्रमा बाढीका कारण करिब १३ हजार मानिस विस्ताथपित भएको रुसको क्षेत्रीय सरकारले सोमबार बनाएको छ । भर्खरै आएको भीषण बाढीका कारण यी मानिसहरू यस क्षेत्रमा अलपत्र परेका थिए । कजाकिस्तानमा बाढीका कारण १ लाख ८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यहाँका करिब ५ हजार घर अझै पनि बाढीमा डुबेको बताइएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend