logo
  • आइतबार, असोज १८ २०८३

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित


  • पब्लिक सूचना
  • बुधबार, चैत्र २८ २०८०

२०८० चैत २८, काठमाडौं । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी,  सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो ।
सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष र फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो ।
गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम पत्रकार कृष्ण भूषालले स्रष्टा परिचय राख्नु भएको थियो ।
 कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्र्बहादुर श्रेष्ठ, सम्मानित स्रष्टा विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्यायले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय उपाध्यक्ष कवि राजेन्द्र श्रेष्ठलाई स्वागत सम्पन्न गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिहरु गीतकार संघका अध्यक्ष बसन्त बित्यासी, समालोचकहरु प्रमोद प्रधान र प्रा. डा. गोविन्दमान सिंह कार्की, साहित्यकारहरु खेमनाथ दाहाल, र लेखनाथ पोखरेलको उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा साहित्यकारहरु विमल भौकाजी, रमेश दाहाल, सुधा शर्मा, रुद्र अधिकारी, सागर अधिकारी “शरद”, नीता श्रेष्ठ, कल्पना खरेल, सुरेन्द्र थापा, गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको संचालन गुठीकी सदस्य साहित्यकार प्राज्ञ सुभद्रा भट्टराईले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend