logo
  • आइतबार, असोज १८ २०८३

राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले १६ लाख दिने


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक २७ २०८०

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय क्रिकेटर तीन जनालाई सम्मान स्वरूप १६ लाख दिने घोषणा गरेका छन्।

आइतबार कैलालीको लम्कीचुहा नगरपालिकामा किसान सहकारी लम्की जेसिज कपको समापनमा समारोहमा मुख्यमन्त्रीले शाहले यस्तो घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाहको निजी सचिवालयका रामबहादुर बिष्टका अनुसार एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका कञ्चनपुरका दीपेन्द्रसिंह ऐरीलाई ६ लाख रुपैयाँ दिने घोषणा मुख्यमन्त्रीले गरेका हुन्।

यस्तै नेपाललाई टी–२० विश्व कपमा पुर्‍याउन योगदान दिलाउने कञ्चनपुर घर भएका खेलाडीहरू विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख रुपैयाँ सम्मान स्वरूप प्रदान गर्ने मुख्यमन्त्रीले घोषणा गरेको मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको हो।

मुख्यमन्त्रीको घोषणासँगै अव प्रदेश सरकारले निर्णय गरेर सो रकम खेलाडीलाई चाँडै वितरण गरिने मुख्यमन्त्रीको निजी सचिवालयका विष्टले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend