logo
  • आइतबार, असोज १८ २०८३

मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक २७ २०८०

dWokxf8L-k'iknfn_ nf]sdfu{ ?s'd-k"j{_sf] l;:g] ufpFkflnsf–% l:yt emNs]8fF8fdf efFl;Psf] dWokxf8L nf]sdfu{ . emNs]8fF8fFdf ;8s efusf] tNnf]kl5 efu efFl;b} uPsf] 5 . pQm efu klg emof]{ eg] k"j{–klZrd ;Dks{ 6'6g] vQ/f /x]sf] 5 . tl:a/M ;h{gf sfsL{÷/f;;

कास्की, कात्तिक २७ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

उक्त राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो ।

मध्यपहाडी राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवादका कारण लामो समयदेखि काम सुरु हुन सकेको छैन । पछिल्लो समय पोखराको बाटुलेचौर, अर्मला मौजा हुँदै मादी गाउँपालिका जोड्ने गरी भएको रेखाङ्कनपछि निर्माणको बोलपत्र आह्वान भएको थियो । लामाचौर र बाटुलेचौरका  स्थानीयको आन्दोलनका कारण त्यसयता काम अघि बढ्न सकेको छैन ।

विवादित क्षेत्रका स्थानीयले शैक्षिक, धार्मिक, सामाजिक तथा पर्यटकीय महत्वका स्थानको अस्तित्व मेटिने गरी लोकमार्ग बन्न लागेकामा विरोध गर्दै आन्दोलन गरिरहेका छन् । लोकमार्गको पछिल्लो रेखाङ्कन वातावरणीय प्रभाव मूल्याङ्कनका हिसाबले उपयुक्त नभएको स्थानीयको दाबी छ ।

समस्या समाधान गर्न गठित समितिको सल्लाहकारमा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई रहनुभएको छ भने समितिका अन्य सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा महानगरपालिका–१६ र १९ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना र पुष्पेन्द्र पाण्डे, पूर्वअध्यक्ष जीवनप्रसाद आचार्य र शोभामोहन पौडेल, सङ्घर्ष समितिका तर्फबाट गोविन्द बस्नेत, सन्दीप थापा र खेमलाल अधिकारी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend