logo
  • आइतबार, असोज १८ २०८३

पाचौं मिस गुरुङ इन्टनरनेशनलको उपाधि सिक्किमकी जेरिनालाई


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक २६ २०८०

काठमाडौं : सौन्दर्य प्रतियोगिता मिस गुरुङ इन्टरनेसनल पाँचौ संस्करणको उपाधि सिक्किमकी जेरिना गुरुङले जितेकी छन्। शुक्रबार सम्पन्न प्रतियोगितामा जेरिनाले यमाहाको स्कुटरसँगै ५ लाख बराबरको पुरस्कारहरू पाएकी छन्।

त्यस्तै फस्ट रनरअपको उपाधि तारा गुरुङले हात पार्दा सेकेन्ड रनरअपको उपाधि करिना गुरुङले जितिन्। मिस पपुलरको उपाधि अनामिका गुरुङले हात पार्दा मिस ट्यालेण्ट तारा गुरुङ नै भइन्। साथै सम्पूर्ण विजेताहरूले विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन्।

ग्राण्ड फिनालेमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समिक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, समिक्षा गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ,  सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए भने सबैले विभिन्न सब-टाइटलहरू जितेका छन्।

ग्राण्ड फिनालेका निर्णयकका रूपमा कुल बहादुर गरुङ, ज्ञानेन्द्र गुरुङ , कमला गुरुङ, लक्ष्मी गुरुङ, र टिकाराम गुरुङ रहेका थिए।

मृगतृष्णा फेसन हाउसको आयोजना र बी एण्ड बी इभेन्टमेनिया प्रालिको व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनालेमा नेपालसँगै भारतको सिक्किमका १४ प्रतिस्पर्धी थिए।

गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ इन्टरनेलेशनलको आयोजना हुँदै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend