पब्लिक सूचना
रुपन्देही । आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमले जाजरकोट केन्द्र भएको गएराती गएको विनाशकारी भूकम्पबाट प्रभावित भई अभिभावकविहीन भएकाहरूलाई संरक्षण प्रदान गर्ने घोषणा गरेको छ ।
गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ रेक्टर म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै यी दुई संस्थाले परिवारको सम्पूर्ण सदस्य गुमाई अनाथ भएका बालबालिका, अशक्त वृद्धवृद्धा, एकल महिलाहरूलाई तत्काल संरक्षण प्रदान गर्न आश्रम र फाउन्डेसन तयार रहेको जनाएको छ ।
आश्रमका अध्यक्ष रामजी अधिकारी र फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै कठिन परिस्थितिमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।
उनीहरूले आफूले घोषणा गरेको यस्तो सेवा आवश्यक रहेमा मानव सेवा आश्रमको ९८५५०७६००१ देखि ९८५५०७६०२४ सम्मका सम्पर्क नम्बरहरूमा सम्पर्क गरिदिन स्थानीय जनप्रतिनिधि, प्रहरी र प्रशासन समक्ष अनुरोध गरेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend