logo
  • आइतबार, असोज १८ २०८३

छात्रामाथि सामूहिक बलात्कार प्रकरण : कराँतेका दुई प्रशिक्षक दोषी ठहर


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक १७ २०८०

१७ कात्तिक, विराटनगर । किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ ।

सामूहिक बलात्कार आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो । दुवै जना ६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा थिए ।

करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीले बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेका थिए । सुरज विराट हेल्थ कलेजमा डिसिप्लेन इन्चार्ज पनि थिए ।

परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक–पटक करणी गरेका थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए ।

दुर्ई जनाले सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक–पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो । करणीका क्रममा उनीहरुको भिडियो पनि बनाएको  पीडितको दाबी थियो । तर अनुसन्धानका क्रममा भिडियो फेला परेको थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend