logo
  • आइतबार, असोज १८ २०८३

विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक १७ २०८०

नयाँदिल्ली, कात्तिक १७ गते । विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ ।

किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ ।

अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको भन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गर्नुभएको थियो । रासस/एएफपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend