logo
  • आइतबार, असोज १८ २०८३

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ६९ करोडमा सीमित


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक १३ २०८०

सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेको छ।

यसदिन नेप्से परिसूचक ०.१६ प्रतिशतले बढेर १८७८.७० बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ७४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा सीमित भएको छ।

यस दिन २८७ वटा धितोपत्रको २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.८२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १७७ रुपैयाँ ९० पैसा पुगेको छ।

यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य २९६ रुपैयाँ ५० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८३ रुपैयाँ ५० पैसामा झरेको छ।

यस्तै, बिन्दबासिनी हाइड्रोपावरको सेयर मूल्य ६.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२४ रुपैयाँ ८० पैसामा सीमित भएको छ।

सोमबार साधना लघुवित्तको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३३८ रुपैयाँमा ३ करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३९ रुपैयाँमा ३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यसदिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशतले बढेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend