logo
  • आइतबार, असोज १८ २०८३

सुनको मूल्य १ लाख १५ हजार नाघ्यो


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक ३ २०८०

काठमाडौं- दोस्रो दिन लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले बढेर नेपाली बजारमा हालसम्ममै उच्च बिन्दुमा पुगेको हो।

आजका लागि सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो।

बुधबार सुन तोलामा १ लाख १३ हजार २०० रुपैयाँ पुगेको थियो। त्यस्तै, मंगलबार प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ लाख १२ हजार ३०० रुपैयाँ कायम थियो। आइतबार र शनिबार भने सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend