पब्लिक सूचना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन विश्वकै साझा समस्या भएको बताएका छन्।
बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङमा पुगेका प्रधानमन्त्री प्रचण्डले सबै मिलेर विश्वव्यापी तापमान वृद्धि समस्या न्यूनीकरणका लागि लाग्नुपर्ने बताए।
‘हिमाल र हिमाली भेगमा भएको कोष यहीँ (मुस्ताङमै) आउनुपर्ने छ। जलवायु परिवर्तनको समस्या हाम्रो मात्रै होइन, संसारको हो। हामी सबै मिलेर न्यूनीकरणका लागि लाग्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। जलवायु परिवर्तनको असरबारे प्रधानमन्त्री प्रचण्डले स्थानीयबासीसँग पनि अन्तरक्रिया गरेका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend