पब्लिक सूचना
नेपाल, युएई र हङकङबीच त्रिकोणात्मक टि२० आई सिरिज आजदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ । दुई सातापछि टियु र मुलपानी मैदानमा हुने आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज हुन लागेको हो । तीन टोलीको लागि सिरिज विश्वकप छनोट अघि निकै महत्वपूर्ण हुनेछ ।

नेपालको खेल तालिका र समय
कार्तिक १ (अक्टोबर १८) : नेपालविरुद्ध युएई, मुलपानी – दिउँसो १ बजे
कार्तिक २ ( अक्टोबर १९) : नेपालविरुद्ध हङकङ, मुलपानी – दिउँसो ११बजे
कार्तिक ४ (अक्टोबर २१) : नेपालविरुद्ध हङकङ, मुलपानी – दिउँसो ११ बजे
कार्तिक ६ (अक्टोबर २३) : नेपालविरुद्ध युएई, मुलपानी – दिउँसो ११ बजे
कार्तिक १० (अक्टोबर २७) : शीर्ष दुई टोली फाइनल, टियु मैदाान – दिउँसो ११ बजे

लाइभ – हिमालय टेलिभिजन
टिकट – २ सय नेपाली रुपैयाँ रहेको छ । क्यानको टिकेटिङ्ग पाट्नर आइएमी पे बाट उक्त टिकट काट्न सकिन्छ ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend