logo
  • आइतबार, असोज १८ २०८३

तिला नदी तर्ने क्रममा पुलबाट खसेर युवकको मृत्यु


  • पब्लिक सूचना
  • मंगलबार, असोज ३० २०८०

कालीकोट — दसैं बिदामा घर आएका तिलागुफाका एक युवक तिला नदी तर्ने क्रममा भैंसेगौडा पुलबाट खसेर नदीमा बेपत्ता भएका छन् ।

तिलागुफा–९ का २१ वर्षीय अर्जुन उपाध्याय कर्णाली राजमार्गमा पर्ने भैंसेगौडाबाट पारी चिल्खाया जाने क्रममा तिला नदी तर्नेक्रममा सोमबार दिउँसो तिला नदीमा खसेर बेपत्ता भएका हुन् ।

सुर्खेतमा स्नातक तह पढ्दै गरेका उपाध्याय घर जानेक्रममा भैंसैगौडा पुलमा खुट्टा चिप्लिएर तिला नदीमा खसेको उनका आफन्त लक्ष्मण ढकालले बताए । बेपत्ताको खोजी गरे पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख अर्जुन केसीले बताए । भैंसेगौडाको पक्की पुल गत वर्षको दसैंको बेला आएको बाढीले बगाएपछि स्थानीयले आवतजावत गर्न काठको पुल बनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend