logo
  • आइतबार, असोज १८ २०८३

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु


  • पब्लिक सूचना
  • सोमबार, असोज २२ २०८०

हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीको ज्यान गएको पुष्टी भएको छ।
नेपाली समय अनुसार शनिबार विहान करिब साढे ६ बजे भएको आक्रमणमा परेर १० नेपाली छात्रको मृत्यु भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ। “दुःखका साथ भन्नु परेको छ,  किबुज अलुमिनमा सम्पर्क विहिन रहेका १२ मध्ये १० जनाको मृत्यु पुष्टि भएको हो”, स्रोतले हिमालखबरलाई भन्यो।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले आक्रमण भएको क्षेत्रमा रहेका १२ विद्यार्थीमध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने बताएका थिए।

‘अर्न एन्ड लर्न प्रोग्राम’ अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायलमा छन्। उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका छन्।

त्यस्तै केयरगिभरका रूपमा चार हजार ५०० नेपाली गएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्साल इजरायल आक्रमण सम्बन्धी औपचारिक धारणा मन्त्रालयले सोमबार सार्वजनिक गर्ने बताइन्। उनी भन्छिन्, “इजरायलबाट जानकारी आउने क्रम जारी छ, क्षति, उद्धार, राहत लगायतका विषयमा मन्त्रालयले सोमबार धारणा सार्वजनिक गर्नेछ।”
https://www.himalkhabar.com/news/138360

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend