logo
  • आइतबार, असोज १८ २०८३

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश


  • पब्लिक सूचना
  • सोमबार, असोज १५ २०८०

काठमाडौं, असोज १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति पौडेलसमक्ष अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

अख्तियारका प्रमुख राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend