logo
  • आइतबार, असोज १८ २०८३

विप्लवका छोरा प्रकाशले गरे प्रगतिशील विवाह, बुवाले हात मिलाएर दिए बधाई


  • पब्लिक सूचना
  • शुक्रबार, असोज १२ २०८०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव  नेत्रविक्रम चन्द (विप्लव सी)का छोरा प्रकाश विवाह बन्धनमा बाँधिएका छन् ।

पार्टीको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाशले अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य डा. मान्यता सीसँग विवाह गरेका हुन्नेकपाले पार्टीका सबै नेता/कार्यकर्ताको नामपछाडि सी लेख्ने चलन चलाएको छ ।
खादामाला र टीका लगाएर गरिएको प्रगतिशील विवाहमा नवविवाहित जोडीलाई विप्लवले हात मिलाएर बधाई तथा शुभकामना दिएका छन् । प्रकाश चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूको नेतृत्व गर्दै चितवन मेडिकल कलेजमा भएको आन्दोलनबाट चर्चामा आएका थिए ।

उनी पेशाले डाक्टर समेत हुन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend