कार्यक्रममा हरेकको रोजाइमा भारतको चर्चित ब्राण्ड ‘एनप्लस प्रोफेसनल’ का ब्युटी प्रोडक्टहरु , यसको विशेषता र गुणस्तरीयता बारे सहभागिहरुलाई जानकारी गराइएको थियो । साथै प्रोजेक्टर मार्फत एनप्लस प्रोफेसनलका बिभिन्न भिडियो बिज्ञापन पनि देखाएको थियो ।
कार्यक्रममा एनप्लस प्रोफेसनलका कन्ट्री म्यानेजर पदम शर्माले एनप्लस प्रोफेसनलका सौन्दर्य सामाग्रीहरु नेपाल भित्रिएको छोटो अवधिमा नै यसले नेपाली बजारमा राम्रो स्थान जमाउन सफल भएको बताउनुभयो । एनप्लस प्रोफेसनलका सौन्दर्य सामाग्री आम मानिसहरुको रोजाईमा पर्न थालेको छ ।