logo
  • शनिबार, असोज १७ २०८३

ब्रिजवाटर इण्टरनेशनल कलेजको अभिनन्दन कार्यक्रम सम्पन्न


  • पब्लिक सूचना
  • मंगलबार, असोज २ २०८०

काठमाण्डु, मंगलबार २ आश्विन:  ब्रिजवाटर इण्टरनेशनल कलेजले (सिनामंगल) आफ्नो वार्षिक स्वागत तथा बिदाई कार्यक्रमको सन्दर्भ पारेर मुलुकका बिभिन्न तीन क्षेत्रमा विशिष्ट योगदान गर्नु भएका व्यक्तित्वलाई एक समारोह बीच अभिनन्दन गरेको छ। पूर्व मन्त्री तथा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा राष्ट्रीय नाचघर जमलमा आज सम्पन्न उक्त अभिनन्दन समारोह ब्रिजवाटर कलेजले यस बर्षदेखि थालनी गरेको हो। यस्तै अभिनन्दन समारोह वार्षिक कार्यक्रमको रुपमा अघि बढाइने विषय संस्थाले जानकारी गराएको छ।

आज अभिनन्दित व्यक्तित्वहरु मध्ये सर्वश्री प्रा डा विद्यानाथ कोइरालालाई वहाँले वरिष्ठ शिक्षासेवी एवं शिक्षाविदको रुपमा अनवरत प्रदान गर्नु भएको सेवा र योगदानका लागि सम्मान गरिएको हो। यसै गरी दृश्य- श्रव्य एवं साक्षात्कार विधाको पत्रकारितामा साबित गर्नु भएको विशिष्टताका लागि पत्रकार टीकाराम यात्रीलाई अभिनन्दन गरिएको हो। बैंक एवं वित्तीय क्षेत्रमा निरन्तर प्रदर्शन गर्नु भएको उत्कृष्ट नेतृत्व क्षमता र कार्यकुशलताका लागि गरिमा विकास बैंकका मुख्य कार्यकारी अधिकृत गोविन्द ढकालको अभिनन्दन गरिएको हो।

विशिष्ट व्यक्तित्वहरूको अभिनन्दन गर्दै मुख्य अतिथि एवं पूर्व मन्त्री गगन थापाले ब्रिजवाटर कलेजले राष्ट्र गौरव व्यक्तित्वलाई अभिनन्दनको थालनी गरेर समस्त शैक्षिक जगतमा उच्च कोटीको सन्देश प्रवाह गरेको बताउनु भयो। प्राचार्य कृष्ण पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको औपचारिक प्रथम सत्रको कार्यक्रम अभिनन्दित व्यक्तिहरुको शुभकामना एवं आभार सन्देश पछि सहायक प्राचार्य विष्णु शर्माको धन्यवाद ज्ञापन संगै सकिएको थियो। समारोहको सभापतित्व गर्दै संस्थाका अध्यक्ष चार्टर्ड अकाउन्टेन्ट दीपक पाण्डेले संस्थाको तर्फबाट विशिष्ट व्यक्तित्वहरूको अभिनन्दन गर्न पाउँदा गौरव महशुस गरेको बताउनु भयो। कार्यक्रमको दोस्रो अर्थात् स्वागत-बिदाइ सत्रको मिस एवं मिष्टर फ्रेसर- ब्रिजवाटर’ तथा मनोरञ्जन सत्र दिनभर नै जारी हुने बताइएको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend