logo
  • आइतबार, असोज १८ २०८३

दीपक बेल्जियम जाने


  • पब्लिक सूचना
  • मंगलबार, असोज २ २०८०

चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्नुहुने भएको छ ।

सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मङ्गलबार बेल्जियमको लुउभेन प्रस्थान गर्नुहुनेछ । दीपकले ‘वान अन वान ब्रेकिङ’ स्पर्धामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिवृद्धि गर्न हौसला बढाउँदै एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend