logo
  • आइतबार, असोज १८ २०८३

मेरो चाहना बक्स अफिस होइन, दर्शकको स्याबासी हो : झरना थापा


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ३१ २०८०

अभिनेत्री टर्न निर्देशक झरना थापाद्वारा निर्देशित चौंथो फिल्म ‘एक भागवत र एक गीता’ शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ । पहिलो दिन सुखद अकुपेन्सी हासिल गरेको फिल्मले शनिबार विदाको फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ । यौनिक-लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित भएर बनेको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दा झरना खुसी देखिएकी छन् ।

उनी आफ्नो लागि बक्स अफिसको अंकभन्दा दर्शकको स्याबासी महत्त्वपूर्ण रहेको बताउँछिन् । शुक्रबार साँझ विशेष शोमा उनले सञ्चारकर्मीसँग भनिन्, ‘मलाई व्यापारिक सफलताभन्दा पनि प्रतिक्रिया महत्त्वपूर्ण लाग्छ । बक्स अफिस भनेको त हिजो पनि थियो मेरो । त्यसैले त्यसको त्यतिधेरै चाहना छैन । मेरो चाहना चाहिँ दर्शकले स्याबासी दिउन् भन्ने हो, जुन यतिबेला मैले पाइरहेकी छु ।’

चलचित्र 'एक भागवत गीता'को ट्रेलर सार्वजनिक « Imagekhabar – Online News  Portal of Nepal

संवेदनशील विषयमा फिल्म बनाएकाले झरनालाई डर भने रहेछ । ‘एउटा संवेदनशील विषय उठाएकाले के होला भन्ने डर त थियो । दर्शक प्रतिक्रियाले केही ढुक्क भएको छु । समाजलाई नयाँ चिज लिएर आउनुभएको छ भनेर तारिफ हुँदा धेरै खुसी लागेको छ,’ उनले भनिन् । ‘ए मेरो हजुर’का श्रृंखलामा प्रेमकथा भन्दै आएकी उनी पहिलोपटक फरक विषय भन्न पाएकोमा सन्तुष्ट देखिन्छिन् ।

‘मैले ‘ए मेरो हजुर’ सिरिज बनाइरहँदा एकैखालको लभस्टोरी प्याटन आयो भन्ने गुनासो धेरैको थियो । तपाईंजस्तो मेकरले समाजमा सन्देश दिने फिल्म पनि बनाउनुपर्छ भन्ने सुझावअनुसार ‘एक भागवत र एक गीता’ बनाएका हौं,’ झरनाले भनिन्, ‘व्यापारिक रुपमा फिल्म के होला त्यो त थाहा छैन । तर यो विषयमा फिल्म बनाउन पाएकोमा सन्तुष्ट र खुसी छु ।’ फिल्मको कथा उनी स्वयंको हो ।

एक भागवत र एक गीता' ले सकारात्मक प्रतिक्रिया पाएपछि झरना भन्छिन्- अंकभन्दा  दर्शकको स्याबासी महत्त्वपूर्ण – Nepal Press

त्यस्तै, फिल्मकी अभिनेत्री सुहाना थापाले पनि यसपटक आफूलाई अलि बढी डर लागिरहेको बताएकी छन् । उनले सञ्चारकर्मीसँग भनिन्, ‘खोइ किन हो मलाई पहिलाभन्दा यसपटक अलि बढी डर लागिरहेको छ । फरक कन्सेप्टमा फिल्म बनेकाले पनि होला कि !’ धीरज मगरसँग काम गर्दा रमाइलो अनुभव भएको बताउँदै उनले भविष्यमा लभस्टोरी फिल्ममा काम गर्ने इच्छा रहेको बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend