logo
  • आइतबार, असोज १८ २०८३

हलमा दुई नयाँ चलचित्र


  • पब्लिक सूचना
  • शनिबार, भाद्र ३० २०८०

शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ प्रदर्शनमा आएका छन् । दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायतको अभिनय छ । चलचित्रमा एसडी योगी र दीपक शर्माको सङ्गीत, बनिष शाहको सम्पादन छ । क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र लामा स्वयम्को कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमाका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

त्यस्तै झरना थापा निर्देशित चलचित्र ‘एक भागवत र एक गीता’ मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ ।

सुनीलकुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेतृ सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिच्छेद र पुरुषोत्तमले संवाद लेख्नुभएको छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको सङ्गीत तथा शङ्कर अधिकारी घायलको शब्द रचना रहेको छ ।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend