logo
  • आइतबार, असोज १८ २०८३

विद्युतीय मोटरसाइकलको माग बढ्यो


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २७ २०८०

सरकारले विद्युतीय मोटरसाइकलको दर्ता खुला गरेपछि झन्डै शतप्रतिशतले माग बढेको छ । गएको जेठसम्म काठमाडौँमा १४० वटा विद्युतीय मोटरसाइकल बिक्री भएका थिए भने भदौ २० गतेसम्म ३५० वटा बिक्री भएका छन् ।

सुन्दर अटो इन्जिनियरिङले मात्रै १५० वटा ‘गन्तव्य इभी १०० एस’ मोटरसाइकल बिक्री गरेको छ । गन्तव्यलाई ८४२ जनाले अर्डर गरेको इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाले जानकारी दिनुभयो ।

ब्यार्टीको ल्याब, मोटर र चार्जर बिग्रियो भने काठमाडौँमै बनाउन सकिने थापाको भनाइ छ, “विद्युतीय सवारी वातावरणका साथै सबै हिसाबले नेपालीका लागि ठिक छ ।”

विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन गरिरहेको यात्री डिजाइन स्टुडियोले पनि पुनः उत्पादन सुरु गर्दै छ । जेठअघि ८५ वटा बिक्री गरेको स्टुडियोले अर्डर खुला गरेर उत्पादन गर्ने अन्तिम तयारीमा रहेको स्टुडियोका इलेक्ट्रिक टेक्नोलोजी डाइरेक्टर कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

भारतीय कम्पनी ‘ओला क्याब्स’ ले नेपालमा विद्युतीय मोटरसाइकल र कार निर्माण गर्ने जनाए पनि हालसम्म उत्पादन भने गरिसकेको छैन ।

यातायात व्यवस्था विभागले वैशाख १४ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेर विद्युतीय मोटरसाइकल दर्ता गर्न पाउने व्यवस्था गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend