पब्लिक सूचना
सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दाको पेसी आज तोकिएको छ।
यसअघि पटकपटक पेसी चढेर पनि हेर्न नभ्याउनेमा राखिएपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन्।
यसअघि भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले पेशी सूचीको ५ औं नम्बरमा परेको उक्त मुद्दा हेर्न नभ्याउने भनेर पन्छाएका थिए।
सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भनेपनि जिल्ला अदालत काठमाडौंमा पटकपटक मुद्दाको पेशी सर्दै आएको छ।
आज न्यायाधीशले पन्छाएनन् भने अन्तिम बहस हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend