logo
  • आइतबार, असोज १८ २०८३

काठमाडौँ महानगर– १६ का अध्यक्ष रिजालकाे निधन


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र २१ २०८०

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र ७ का क्षेत्रीय सभापति समेत रहनु भएका रिजालको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

केही दिन देखि उपचार गराइ रहनु भएका उहाँको निधन पछि नेपाली काँग्रेसका महामन्त्री गगन थापा, काठमाडौँ क्षेत्र नम्बर ७ का सङ्घीय सांसद प्रदीप पौडेल लगायतका काँग्रेसका नेताहरू अस्पतालमा पुगी सक्नु भएको छ ।

डेँगु सङ्क्रमण भएपछि उहाँलाई निमोनिया भएको थियो । उपचारका लागि आइसियु हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उहाँलाई श्रद्धाञ्जली दिनका लागि शव बिहान ११ देखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend