logo
  • आइतबार, असोज १८ २०८३

यस्तो छ कंगना रनावतको फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर (भिडिओ)


  • पब्लिक सूचना
  • सोमबार, भाद्र १८ २०८०

बलिउड अभिनेत्री कंगना रनावत अभिनीत फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर सार्वजनिक भएको छ।

आइतबार गोल्डमाइन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक हवेलीमा १७ वर्षदेखि घुमिरहेको आत्माको कथा देखाइएको छ।

पि वासुले निर्देशन गरेको फिल्ममा कंगना रनावत र राघव लोरेन्सको मुख्य भूमिका छ। फिल्ममा सुवास करण र मनिष शाहको लगानी छ।  यो फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालममा १९ सेक्टेबरदेखि प्रदर्शन हुनेछ।  यो सन् २००५ मा प्रदर्शन भएको फिल्म ‘चन्द्रमुखी’ को सिक्वेल हो। यसमा रजनीकान्त र ज्योतिका मुख्य भूमिका देखिएका थिए।

अभिनेत्री कंगना फिल्म ‘इमरजेन्सी’ प्रदर्शनको पखाईमा छिन्। यस फिल्ममा उनले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन्। योबाहेक उनी ‘तेजस’ मा पनि देखिनेछिन्। ‘तेजस’ मा उनले पायलटको भूमिका निर्वाह गरेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend