पब्लिक सूचना
माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बैंकको ४ सय ८६ औं सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आफ्नो साधारण सभाले यो प्रस्ताव पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन्।
बैंकको वित्तीय विवरण अनुसार भने लाभांश क्षमता १५.२९ प्रतिशत देखिएको थियो। बैंकको लाभांश प्रस्ताव पारित भएपछि चुक्ता पुँजी ११ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ। हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend